बाणिज्य बैंकहरूको नाफा ६४ अर्ब, लाभांश क्षमता कुनको कति?
काठमाडौं, साउन २२
बाणिज्य बैंकहरूले कुल ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो आर्थिक वर्ष २०८०/०८१ मा २० वटा बाणिज्य बैंकले कमाएको खुद नाफा हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको नाफा औसत १३.४० प्रतिशतले बढेको सोमबार बैंकहरूले प्रकाशन गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ थियो।
बैंकको लाभांश दिने क्षमतामा सुधार भए पनि अधिकांश बैंकको लाभांश क्षमता कमजोर नै छ। लाभांश दिनसक्ने बैंकको यस्तो क्षमता एक प्रतिशतदेखि २९ प्रतिशतसम्म छ। परिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दा यो ब्याज पनि समावेश गर्नसक्ने छन्।
त्यसैले, अहिले प्रकाशित भएको नाफा रकम, लाभांश क्षमतामा पनि धेरथोर परिवर्तन हुनसक्ने सम्भावना रहन्छ।
यस्तो छ लाभांश क्षमता
